वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवसायीहरुले मात्र मनाए पर्यटन दिवस

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौं । सरकारले सातौ सगरमाथा दिवस मनाउने कार्यक्रम स्थगत गरेपन पर्यटन यवसायीहरुले भने यो दिवस मनाएका छन् । सन् १९५३ मे २९ मा सर्वोच्च शिखर सगरमाथा शिखरमा पहिलो पटक मानव पाइला पुर्‍याएको आरोहण दलका एकामात्र जीवित सदस्य कान्छा शेर्पालाई प्रमुख अतिथि बनाउँदै उनीहरुले यो दिवस मनाएका हुन् ।
पहिलो पटक सगरमाथा विजय गरेका एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाको ब्रिटिस एक्सपिडिसन्स दलको मजदुरका रूपमा उनी त्यसबेला सगरमाथा गएका थिए। यसअघि ६ पटक सरकार र निजी क्षेत्रले संयुक्त रूपमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइसकेका छन्। यसपालि सरकारले गणतन्त्र दिवसका दिन सगरमाथा दिवस जुध्न पुगेकाले स्थगन गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ