पोखरा । सिटी डेभलपमेण्ट बैंकले आफना गा्रहकलाई सुविधा विस्तार गर्ने क्रममा दुइवटा शाखाबाट लकर सेवा सुरु गरेको छ । बैकको यो लकर सुविधा अमरसिंहचोक पोखरा र लायन्सचोक नारायणगढ शाखाबाट सुरु गरेको जनाएको छ ।
बैंकका अध्यक्ष राजेन्द्रकुमार बटाजूले आइतबार लकर सेवाको उद्घाटन गरेका हुन । पोखरामा मुख्य शाखा रहेको बैंकको १३ वटा शाखा रहेको छ । २०७० चैत्र मसान्त सम्ममा रु ३ अर्ब ६१ करोड निक्षेप संकलन, रु २ अर्ब ७२ करोड कर्जा लगानी र रु. १० करोड ७ लाख संचालन मुनाफा आर्जन गर्न सफल भएको बताइएको छ ।
प्रतिक्रिया