वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धादिङमा एभरेष्टको एटिएम सहितको शाखा

अर्थटुडे
२०७१ असार ९, सोमबार

everest jpjकाठमाडौं  । एभरेष्ट बैंकले धादिङबेसीमा एटीएमसहितको शाखा खोलेको छ । काठमाडौंको उपभोक्ता बजारलाई मजबुद बनाउनका लागि यससँग जोडिएका जिल्लाहरुमा अत्याधुनिक बैकिङ सेवा उपलब्ध गराउने उदेश्यले सेवा विस्तार गरिएको बैकले जनाएको छ ।

धादिङमा खोलिएको शाखा बैंकको ५२ वटा शाखाहरुसँग लगायत साझेदार पंजाब नेशनल बैंकका ६००० भन्दा बढी शाखाहरुको सन्जालसँग पनि जोडिएको छ ।
हाल बैंकको सेयर मूल्य नेपाल स्टक एक्सेन्जमा वाणिज्य बैंक मध्येको सबैभन्दा बढी छ । बैंकले गत वर्ष एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३” का साथै आर्थिक वर्ष २०६८\०६९मा “वाणिज्य बैंक मध्येमा सर्वाधिक करदाता” को सम्मान समेत प्राप्त गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ