वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुको उत्पादनमूलक क्षेत्रको लगानी २ % ले घट्यो, सुर्तिजन्य बस्तुमा मात्र २ अर्व लगानी

अर्थटुडे
२०७१ असार ९, सोमबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गर्नका लागि बैंक तथा वित्तिय सस्थाहरुलाई दवाव दिएपनि सो क्षेत्रको लगानी १.४ प्रतिशतले घटेको छ ।

nepal rastra bankनेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको १० महिनाको तथ्याङक अनुसार बैंक तथा वित्तिय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा गरेको लगानी कुल लगानीको १५.८ प्रतिशत मात्र  रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तिय संस्थाहरुले कुल लगानीको १७.२ प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गरेका थिए । चालु आथिक वर्षमा बैंक तथा वित्तिय सस्थाहरुले ३० अर्व १० करोड रुपैयाँ उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । गत वर्ष सोही अवधिमा २६ अर्व ८४ करोड लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले सवैभन्दा बढी सुर्तिजन्य उत्पादनमा ६३४ प्रतिशतले लगानी बृद्धि गरेको छ । उनीहरुले चालु आ.वको १० महिनामा सो क्षेत्रमा लगानी १ अर्व ६७ करोड पुर्याएको छ । गत वर्षको सोही अवधिमा सो क्षेत्रमा ३३८ प्रतिशतले घटी २६ करोड ७८ लाख रुपैयाँ मात्र लगानी भएको थियो ।

त्यस्तै सवैभन्दा कम लगानी तेलजन्य उत्पादनमा रहेको छ । बैंक तथा वित्तिय संस्थाहरुले तेलजन्य उत्पादनमा गत आर्थिक वर्षको भन्दा २० प्रतिशतले कम गरेका छन् ।

चालु आर्थिक वर्षमा उनीहरुले तेलजन्य उत्पादनमा २९ करोड २६ लाख रुपैयाँ मात्र लगानी गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ५७ लाख रुपैयाँ लगानी गरेका थिए ।

यस्तै नन अल्कोहलको उत्पादनतर्फ गतवर्ष १५० प्रतिशतले लगानी बृद्धि भइ २ अर्व ६ करोड पुगेकोमा चालु आर्थिक वर्षको १० महिनामा ०.५ प्रतिशतले घटी २ करोड ७ लाख रुपैयाँ मात्र लगानी भएको छ ।

यसैगरी बैंक तथा वित्तिय संस्थाले पानी उत्पादन,खाद्य सामग्री, कृषि उत्पादन लगायतमा लगानी बढाएपनि नन अल्कोहल, तेलजन्य र मेटल्सका सामग्रीमा भने लगानी कम भएको छ ।

अस्थिर राजनीतिका कारण औद्योगिक वातावरण नभएकाले बैंक तथा वित्तिय संस्थामा उत्पानमूलक क्षेत्रमा प्रबाह हुने कर्जाको माग नभएका कारण पनि लगानी कम भएको बैंकहरुको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ