वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरगहना व्यवसायीलाई क्षमता अभिवृद्धि तालिम

अर्थटुडे
२०७१ असार ९, सोमबार

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र जेमोलोजीकल इन्स्टिच्यूट अफ अमेरिकाको संयुक्त आयोजनामा गरगहना व्यवसायीका क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । ५ दिनसम्म चल्ने ‘एक्रिडिटेड ज्वेलरी प्रोफेशनल डिप्लोमा’ तालिमको सोमबार संस्कृतिविद् डा. सत्यमोहन जोशीले उद्घाटन गरे ।

talimउद्घाटन समारोहलाई बोल्दै सस्कृतीविद्व जोशीले यसप्रकारको कार्यक्रमले नेपालको गरगहना क्षेत्रको विकासमा प्रमुख भूमिका खेल्नुको साथै नयाँ पुस्ताहरुलाई आकर्षित गर्ने बताए । तालिम तथा कार्यक्रमले नेपाली व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्नुको साथै नेपाली गरगहनाको अन्तराष्ट्रिय बजार बिस्तारसंगै यसको गुणस्तरीयता कायम राख्नमा तालिमले थप सहयोग गर्ने उनको भनाई थियो । जीआईएका पदाधिकारीहरुले नेपालमा पहिलो पटक तालिम संचालन गर्न पाउँदा आफुहरु उत्साहित भएको बताउंदै आगामी दिनमा महासंघको साथ र सहयोगमा निरन्तर हिरा जवाहरातको विभिन्न विषयगत तालिम संचालन गर्ने जानकारी दिए ।

महासंघका अध्यक्ष रमेश महर्जनले गरगहना व्यवसायीहरुको क्षमता विकास गराउन महासंघले निरन्तररुपमा यस प्रकारको कक्षा संचालन गर्दै जाने बताए । नेपाली गहनाको गुणस्तरियता कायम गर्न छिट्टै जेम ल्याब संचालनमा ल्याउने योजना रहेको उनको भनाई थियो ।

तालिमको समापन जीआईए ईण्डियाका शिक्षा निर्देशक मनोज सिंघानियाबाट हुने र सहभागीहरुलाई एजेपी डिप्लोमा कोर्षको प्रमाण–पत्र वितरण गर्ने कार्यक्रम महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ