वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुन प्रतितोला ४८ हजारसम्म झर्ने

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

काठमाडौं । अन्तर्राष्ट्रिय बजार भाउ ओरालो लागेपछि नेपालमा पनि सुनको भाउ पुनः सस्तो हुन थालेको छ । ३ महिनादेखि निरन्तर गिरावट आइरहेको सुनको भाउ प्रतितोला ४८ हजार रुपैयाँको हाराहारीमा झर्ने प्रक्षेपण गरिएको छ । आईतबार बजारमा सुन प्रतितोला ५१ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजार घटिरहेकाले नेपालमा पनि यसको असर पर्ने आकंलन गरिएको छ ।

gold
यसैगरी आईतबार चाँदीको भाउ समेत ५ रुपैयाँ सस्तो भई प्रतितोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

“अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दो क्रममा रहेको छ” नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव दियेशरत्न शाक्यले भने, “बजारले यहि ट्रेन्ड पछ्याइरहे नेपालमा एक÷दुई साताभित्र सुन प्रतितोला ४८ हजार रुपैयामा झर्न सक्छ ।”

अन्तर्राष्ट्रिय मूल्यका आधारमा नेपालमा दैनिक सुनचाँदीको बजारभाउ तोक्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघको नेपालमा सुनको भाउ एक वर्षअघिको मूल्यमा फकर्ने विश्लेषण छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग निरन्तर घटेकाले भाउ समेत ओरालो लागेपछि मूल्य घट्न थालेको महासंघले बताएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कमोडिटी बजारमा कारोबार हुने सुनको भाउ सानो सुचनाका आधारमा पनि तिव्र उतारचढाव आउछ । अमेरिकी र युरोपियन अर्थतन्त्रमा सुधारको तथ्यांक सार्वजनिक भएपनि सुनका लगानीकर्ता सेयर बजारतर्फ लागेपछि उनीहरुले होल्ड गरेको सुन बजारमा फिर्ता भई भाउ घटेको महासंघले उल्लेख गरेको छ ।

अघिल्लो वैशाख र जेठमा पनि सुन ४९ हजार रुपैयाँ हाराहारीमा झरेको थियो । त्यसपछि पुनः उकालो लागेको सुनको भाउ असोजमा ६० हजार रुपैयाँ नजिक पुगेको थियो । कात्तिकबाट पुनः ओरालो लागेको सुन पुसमा ५१ हजार ६ सय रुपैयाँसम्म झरेको थियो । त्यसपछि फागुनमबा ५६ हजार रुपैयाँमा पुगेको सुन तीन महिनायता निरन्तर गिरावट आइरहेको छ ।

नेपाली बजारमा पहिलो पटक २०६८ साउन २६ गते सुनको भाउ तोलाको ५० हजारभन्दा माथि उक्लेको थियो । त्यसपछि लगातार बढेको भाउले २०६९ मंसिर १० गते उच्च रेकर्ड कायम गर्दै ६१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
गत साताभरमा बजारमा सुनको भाउ ८ सय ५० रुपैयाँ सस्तो भएको छ । आईतबार प्रतितोला ५२ हजार २ सय ५० रुपैयाँ कायम सुन शुक्रबार ५१ हजार ४ सय रुपैयाँमा झरेको छ ।

बजारमा एक महिनाको अवधिमा मात्र सुन २ हजार ७ सय रुपैयाँ सस्तो भइसकेको छ । एक महिनाअघि बैशाख १६ गते सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ कायम थियो ।

अन्तर्राष्ट्रिय बजारमा ३ वर्षअघि प्रतिआंैस १ हजार ९ सय डलर पुगेको सुन हाल १ हजार २ सय ४६ डलरमा झरेको छ । यो चार महिनायताकै न्यून विन्दु हो । संचारमाध्यमहरुले भारतमा नरेन्द्र मोदीको सरकार आएपछि त्यहाँ सुन आयात घट्ने आशंका गरेका छन् । यसैगरी क्रिमिया तथा युक्रेनको घटना कारण पनि सुनको भाउमा गिरावट आएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ