वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आजबाट लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर आवेदन खुल्ला

अर्थटुडे
२०७१ असार १०, मंगलवार

काठमाडौं । लक्ष्मी बैंकले प्रर्वद्धन गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको तीन लाख कित्ता साधारण सेयर आज (मंगलबार) देखि आवेदन खुलेको छ ।
एक सय रुपैयाँ अंकित उक्त सेयरका लागि आज देखि १३ गतेसम्म आवेदन दिने म्याद रहेको छ ।

laxmi logoतीन लाख कित्ता सेयरमध्ये १५ हजार कित्ता सामुहिक लगानी कोषलाई र ९ हजार कित्ता कर्मचारीका लागि संरक्षण  गरिएको छ ।

सेयरका लागि आवेदन गर्न चाहानेले लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २४ वटा शाखा, लक्ष्मी बैंकका ९ वटा शाखा र नविल इन्भेष्टमेन्ट, लक्ष्मी क्यापिटलबाट बुझाउन सकिनेछ ।

आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । हाल ७ करोड सेयर पुँजी रहेको कम्पनीले उक्त सेयर जारी गरेपछि सेयर १० करोड पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ