वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन्स बैंकलाई नेपाल हाउजिङ किन्ने बाटो खुल्ला

अर्थटुडे
२०७१ असार १०, मंगलवार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलाई नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स खरिद गर्ने बाटो खुलेको छ । बैकको विशेष साधारणसभाले फाइनान्स खरिद गर्ने अधिकार संचालक समितिलाई दिएको छ । नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने (एक्विजिसन) कार्यविधि जारी गरेपछि खरिद गर्ने बैंक पहिलो बनेको छ ।citizens & nepal housing

यसअघि बैंक र फाइनान्सबिच खरिद बिक्री सम्झौता गरी स्विकृतीका लागि केन्द्रीय बैंकमा निवेदन दिएपनि  साधारणसभाले पारित नगरेको भन्दै स्विकृती दिएको थिएन ।

साधारणसभाले सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता तथा लेखा परीक्षकहरु नियुक्त गर्ने तथा एक्विजिसनसँग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु बमोजिम अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्य, प्रकृयाहरु पूरा गरी अन्तिम स्वीकृति लिने तथा सो सन्दर्भमा नियमक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरण उपलव्ध गराउने लगायतका कार्यहरु गर्ने गराउने अधिकार सञ्चालक समितिलाई दिएको छ ।

बैंकले अन्य वित्तीय संस्था खरिद गर्नका लागि पनि छलफल भइरहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ