वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६ सय मेगावाटको जलविद्युत् आयोजना बनाउन भारतलाई चौधरीको आग्रह

अर्थटुडे
२०७१ असार १०, मंगलवार

काठमाडौ । विनोद चौधरीले लोडसेडिङ अन्त्यका लागि ६ सय मेगावाटको जलविद्युत् आयोजना नेपाललाई उपहार दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गरेका छन् ।

IMG_2686
सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का वरिष्ठ नेताद्वय विजय जोली र मुकेश गुप्ताद्धारा सोमबार राती नया“ दिल्लीमा आयोजित सम्मान कार्यक्रममा बोल्दै चौधरीले भारत सरकारले जलविद्युत् आयोजनामा केन्द्रित रहेर नेपाललाई सहयोग गर्न आवष्यक रहेको बताएका हुन् ।
‘यो उपहारले नेपाली जनतालाई विकासको अध्यारो कालखण्डबाट उज्यालोमा प्रवेश गराएको अनुभुति दिलाउनेछ’, चौधरीले भने, ‘यो आफैमा एउटा आयोजना मात्रै होइन । यसले नेपालमा आर्थिक विकास र समृद्धिको नया“ विश्वास श्रृजना गर्नेछ ।’

भारतीय प्रधानमन्त्री मोदी आगामी साउन महिनामा नेपाल भ्रमणमा आउने विश्वास गरिएको छ । नेपाली जनता भारतीय प्रधानमन्त्रीलाई नेपाल स्वागत गर्न आतुर रहेको जानकारी पनि गराए ।

चौधरीले भारतीय लगानीकर्ताहरुलाई नेपालका मेगा प्रोजेक्टहरुमा लगानी गर्न पनि आव्हान गरे नेपालको राजनीतिमा आएको सुधार र आर्थिक विकासप्रति राजनीतिक दलहरुको प्रतिवद्धताले नेपाल लगानीका लागी विश्वकै उत्तम गन्तव्यका रुपमा परिणत भइरहेकोले भारतीय लगानीकर्ताले यस अवसरलाई नगुमाउने विश्वास अध्यक्ष चौधरीले ब्यक्त गरे ।

भारतमा मोदी नेतृत्वको नया“ सरकार गठनपछि नेपाल–भारत सम्वन्धमा केन्द्रित रहेर उच्चस्तरमा आयोजना गरिएको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा भारतीय सत्तारुढ पार्टीका वरिष्ठ नेताहरु, उच्च पदस्थ सरकारी अधिकारी र उद्यमी व्यवसायीहरु सहभागी थिए ।

मोदी सरकारले प्रष्ट रुपमा आर्थिक समृद्धिको रणनीति कार्यान्वयन शुरु गरिसकेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष चौधरीले उहा“को कार्यकालमा दक्षिण एसियाली क्षेत्रले नै आर्थिक क्ष्ँेत्रमा नया“ उचाई छुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ