वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बन्द दिमाग र पुरानो सोचले मूलुक अगाडी बढ्दैन :अर्थमन्त्री महत

अर्थटुडे
२०७१ असार ११, बुधबार

बिराटनगर । अर्थमन्त्री डा.रामशरण महतले बन्द दिमाग र पुरानो सोचले मुलुक अगाडि बढ्न नसक्ने बताएका छन् । उनले यो साहसिक निर्णय लिएर अगाडि बढ्ने समय भएको भन्दै आर्थिक विकासका लागि सरकार साहसिक निर्णय गरेर अगाडि बढ्ने बताएका हुन् ।

RamSharan-Mahatमोरङ व्यापार संघको ६० औं वार्षिक साधारण सभाको उद्घाटनमा बोल्दै उनले नेपालमा विश्व परिवर्तनलाई आत्मसात् गरी समय सुहाउँदो नीति लिन आवश्यक भएको भएको बताए ।
उनले २१ औं शताब्दीको युगमा १९ औं शताब्दीको सोच राखेर अगाडि बढ्न नसकिने समेत बताए ।

उच्च आर्थिक बृद्धि हासिल नगरी जनताका माग र चाहनाहरुलाई सम्बोधन गर्न नसकिने चर्चा गर्दै अर्थमन्त्री डा महतले सरकारले उच्च आर्थिक बृद्धि हासिलको लक्ष्य राखेको र उक्त लक्ष्य पूरा गर्न आगामी बजेटमार्फत साहसिक निर्णय लिने बताए ।

उच्च आर्थिक बृद्धि हासिल गर्न निजीक्षेत्रको मात्र होइन, सरकारको पनि लगानी बढाउनु आवश्यकत रहेको बताउँदै उनले आगामी बजेटमा कृषि, पर्यटन, सिंचाई, सडक, विमानस्थल जस्ता पूर्वाधारका क्षेत्रमा व्यापक लगानी बढाएर उच्च आर्थिक बृद्धि हासिल गरिने बताए ।
निजीक्षेत्रको विकास विना आर्थिक विकासले गति लिन सक्दैन । निजीक्षेत्रको लगानी बढाउन दुई दशकअघि शुरु गरेको आर्थिक उदारिकरणको नीतिलाई अद्यावधिक गरी थप सुधार गरिने छ उनले भने ।

निजीक्षेत्रले अहिले पनि भ्याट मेनिपुलेसन गरिरहेको गुनासो गर्दै अर्थमन्त्रीले भने “मुद्रा निर्मलीकरणसँग सम्वन्धित विषयमा नेपालले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु व्यक्त गरेको छ । त्यस अनुसार अव कसैले पनि पैसा लुकाएर राख्न सक्दैन ।” उनले कर तिर्न र हिसाव कितावहरु पारदर्शीरुपमा राख्न पनि उद्यमी व्यवसायीहरुसमक्ष आग्रह गरे ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आगामी बजेटले आर्थिक गतिबिधिहरुको विस्तारमा ध्यान दिनुपर्ने बिचार व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ