वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

११ महिनामा ३५४ अर्व उठ्यो राजस्व, लक्ष्यको ८७ प्रतिशत मात्र

अर्थटुडे
२०७१ असार ११, बुधबार

काठमाडौ । चालु आर्थिक वर्ष २०७०÷७१ को ११ महिनामा सरकारले ३ खर्व ८ अर्व राजस्व असुलेको छ । सरकारले असार मसान्तसम्ममा ३५४ अर्व ५० करोड राजस्व उठाउने लक्ष्य राखेकोमा जेठ मसान्त सम्ममा लक्ष्यको ८७ प्रतिशत राजस्व उठाइसकेको छ । गत वर्षको सोही अवधिको तुलनामा १९.७१ प्रतिशत बृद्धिदर रहेको छ ।

artha man
कुल राजस्व संकलनमध्ये कर राजस्व वापत २७० अर्व २४ करोड १४ लाख र गैरकर राजस्वतर्फ रु ३७ अर्व ९६ करोड ९४ लाख संकलन भएको छ जुन कुल राजस्वको संकलनको क्रमशः ८७.६८ र १२.३२ रहेको छ ।
जेठ महिनामा रु २८ अर्व १६ करोड ८९ लाख संकलन भइ अघिल्लो वर्षको यस अवधिको तुलनामा २२.४० प्रतिशत बृद्धिद्धर रहेको छ । आ.व जेठ महिनासम्ममा अभिबृद्धि करको योगदान ३० प्रतिशत भन्सार महसुलको योगदान २० प्रतिशत आयकरको योगदान २० प्रतिशत रहेको छ भने अन्तशुल्कको अंश १४ प्रतिशत र गैरकर राजस्वको अंश १३ प्रतिशत रहेको छ ।

गत वर्ष जेठ महिनासम्ममा भन्सार महसुल रु ५१ अर्व ३५ करोड ७९ लाख संकलन भएकोमा यस वर्ष रु ६१ अर्व १ करोड ४७ लाख संकलन भएको छ । गत आर्थिक वर्षको जेठ महिनासम्ममा मुल्य अभिबृद्धि कर रु ७५ अर्व ४५ करोड ८३ लाख संकलन भएकोमा यस वर्षको जेठ महिना सम्ममा रु ९० अर्व ९६ करोडा ४४ लाख संकलन भएको छ ।

अन्तशुल्कतर्फ गत आवको जेठ महिनासम्ममा रु ३२ अर्व ५६ करोड ६९ लाख संकलन भएकोमा यस वर्षको सोही महिनामा रु ४० अर्व ६७ करोड ४२ लाख संकलन भएको छ । आयकरतर्फ गत आवमा ५४ अर्व ६२ करोड ७६ लाख संकलन भएकोमा यस वर्षको जेठ महिनासम्ममा रु ६१ अर्व ५६ करोड ८४ लाख संकलन भएको छ ।

रजिष्ट्रेशन दस्तुर सवारी साधनकर र अन्य करको गत वर्षको जेठ महिनासम्ममा रु ११ अर्व ५६ करोड ३५ लाख असुली भएकोमा यस वर्षको जेठ सम्ममा रु १४ अर्व ९० करोड ३९ लाख संकलन भएको अर्थमभन्त्रालयले जनाएको छ । गैरकर राजस्वतर्फ गत आवको जेठ महिनासम्ममा रु ३१ अर्व ६१ करोड ६ लाख संकलन भएकोमा यस वर्ष जेठ महिनासम्ममा रु ७ अर्व ९६ करोड ९४ लाख संकलन भएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ