वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी र र नवदुर्गा फाइनान्सलाई मर्जको लागि अन्तिम स्विकृती, १५ गतेबाट एकिकृत कारोबार हुने

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी बैंक र नवदुर्गा फाइनान्सलाई एक आपसमा मर्जका लागि अन्तिम स्विकृती दिएको छ । केन्द्रीय बैंक र कम्पनी रजिष्टारको कार्यालयले मर्जरका लागि अनुमति दिएपछि दुवै संस्थाले असार १५ गतेबाट संयुक्त कारोबार गर्ने बताएका छन् ।

lumbani & navadurga
दुवै कम्पनीको जेठ ९ गते सम्पन्न विषेश साधारणसभाले मर्जरसमन्धि प्रस्ताव पारित गरेको थियो । सोही निर्णय अनुसार राष्ट्र बैंक र कम्पनी रजिष्टारको कार्यालयमा आवेदन गरेकोमा बैंकबाट असार ५ गते र कम्पनी रजिष्टारबाट असार ११ गते स्विकृती पाएको हो ।
दुवै कम्पनी मर्जपछि बन्ने नयाँ कम्पनीको नाम पनि लुम्बिनी बैंक रहने बताइएको छ । कम्पनीको पुँजी भने १ अर्व ९२ करोड ६९ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ