काठमाडौ । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचक ४.१२ अंकले बढेर ९३६.३१ पुगेको छ । गत हप्ता ओरालो लागेको नेप्से यो हप्ताको मंगलबारदेखि निरन्तर उकालो लागिरहेको छ ।
विहिबार फाईनान्स कम्पनी बाहेक अन्य सम्पुर्ण समूहको परिसुचक बढेको छ । विहिबार २३ लाख ७६ हजार ११३ लाख कित्ता सेयर ५२ करोड २७ लाख ४८ हजार ८५६ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया