वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा समितिका कर्मचारी आन्दोलित, आईतबारसम्म माग पुरा नभए कामकाज ठप्प पार्ने चेतावनी

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौ । बिमा समिति कर्मचारी संघले आफूहरुको माग सम्बोधन नभएको भन्दै आइतबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । आन्दोलनको पहिलो चरणमा हातमा कालोपट्टि बाँधेर काम गर्दै आए पनि मागका विषयमा समितिले चासो नदेखाएको भन्दै संघले सो चेतावनी दिएको हो ।

Beema samiti andolan 1संघले बिमा समिति व्यवस्थापनसँग भएका सम्झौता कार्यान्वयन गर्न माग गर्दै गत सोमबारदेखि आन्दोलन गरिरहेको छ । माग पूरा नभए बिमा समितिका अध्यक्ष डा.फत्तेबहादुर केसीको कार्यकक्ष घेराउ गर्न बाध्य हुने संघले जनाएको छ ।

समितिसँग भएका सम्झौता कार्यान्वयन नभएकाले आन्दोलन गर्न बाध्य भएको बिमा समिति कर्मचारी संघले जनाएको छ । आगामी आइतबारसम्म माग सुनुवाइ नभए काम काज ठप्प गरिने समेत संघले बताएको छ । पटक–पटक कर्मचारीसँग सम्झौता गरे पनि आँखामा छारो हाल्ने काम भएको उनीहरुको आरोप छ ।
संघले अघि सारेका मागहरूमा कर्मचारी सेवा शर्त विनियमावली २०६८ पूर्ण रूपमा लागू हुनुपर्ने, बिमा ऐन २०४९ र बिमा नियमावली, २०४९ लाई परिमार्जन गरिनुपर्ने, बिमा समितिले न्यून ब्याजदरमा लगानी गरेको विषयमा छानबिन हुनुपर्ने, समितिले पारित गरेका वार्षिक कार्यक्रमहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने छन् ।

त्यसैगरी वडापत्र बनाइ कार्यान्वयन गर्नुपर्ने, फैसला हुन बाँकी रहेका मुद्दाहरू किनारा लगाउनु पर्ने, जनचेतनामूलक कार्यक्रमसहितका कार्यक्रम लागू गरी आगामी सन् २०१५ लाई बिमा वर्षको रूपमा घोषणा गर्नुपर्ने, बिमक, बिमित तथा बिमासँग सम्बन्धित पक्षको हकहित संरक्षण हुनुपर्ने, कर्मचारी संघ र व्यवस्थापन पक्षविच भएका संस्थागत सुधार तथा कर्मचारीको सेवा सुविधासम्बन्धी सम्झौताहरू कार्यान्वयन हुनुपर्नेलगायतका माग राखेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ