वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा व्यापार र उद्योग क्षेत्रमा लगानी बढाउन दुई चेम्बर अफ कमर्स सहमत

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अमेरिका–नेपाल चेम्बर अफ कमर्सबीच नेपालमा व्यापार तथा उद्योगलगायतका क्षेत्रमा लगानी बढाउने सम्झौता भएको छ । विहिबार भएको सम्झौतामा अमेरिका–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष गोकुल पौडेल र नेपाल चेम्बर अफ कमर्सका महासचिव कमलेशकुमार अग्रवालले हस्ताक्षर गरे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अमेरिका–नेपाल चेम्बर अफ कमर्सका कार्यकारी सदस्य एकराज पाण्डेलार्ई आवाशीय प्रतिनिधिका रुपमा नियुक्त गरिएको थियो ।

सम्झौताबाट व्यापार, उद्योग व्यवसाय र नेपालमा लगानी अभिवृद्धिका लागि सकारात्मक पहल सुरु भएको अध्यक्ष पौडेलले बताए । उनले अमेरिका–नेपाल चेम्बर अफ कमर्सको संयोजनमा बङ्गलादेश, पाकिस्तान, भारत, मेक्सिको, चीन, कोरिया, फिलिपिन्स, जापानलगायतका १५ देशका चेम्बर अफ कमर्सको आयोजनामा आगामी अक्टोवरमा क्यालिफोर्नियाको लक्सएन्जलमा व्यापार मेला हुन लागेको जानकारी गराए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ