वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिद्धार्थ बैंकले खोल्यो डडेलधुरामा शाखा

अर्थटुडे
२०७१ असार १२, बिहीबार

काठमाडौ । सिद्धार्थ बैंकले डडेलधुराको तुफानडाँडामा ४४ औं शाखा खोलेको छ । बिहीबार शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले गरे ।

Siddatha Bank 1
बैंकले यसअघि मानव विकास तथा सामाजिक सुरक्षा नमुना परियोजनामार्फत डडेलधुराका २० गाविसका ५ हजार भन्दा बढी सर्वसाधरणलाई सजिलो बैंकिङ सेवामार्फत शैक्षिक बाल अनुदान वितरण गर्दै आएको छ ।
बैंकले हाल ४४ शाखा, २ एक्स्टेन्सन काउन्टर, ४९ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ५६ एटीएममार्फत ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

चालू आर्थिक वर्षको चैत मसान्तको वित्तीय विवरणअनुसार बैंकको कुल निक्षेप ३२.४८ अर्ब, कुल कर्जा २५.३१ अर्ब रुपैयाँ र नोक्सानी व्यवस्था अघिको सञ्चालन मुनाफा ८०.२१ करोड तथा खुद मुनाफा रु ३६.३६ करोड रुपैयाँ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ