वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैदेशिक सहायतामा सरकारले लगायो सिमा, अनुदानमा ५० करोड र ऋणमा एक अर्वभन्दा तल नलिने

अर्थटुडे
२०७१ असार १३, शुक्रबार

काठमाडौं । सरकारले बैदेशिक सहायताको सिमा तोकेको छ । शुक्रवार अर्थमन्त्रालयले विकास सहायता निति २०७१ र्साजनिक गर्दै सानो रकम बैदेशिक सहायता लिदा राम्रो प्रतिफल नभएकोले बैदेशिक ऋण र अनुदानको सिमा तोकेको हो । नेपालले बैदेशिक अनुदान ५० करोडभन्दा माथि र बैदेशिक ऋण एक अर्व भन्दा माथिको मात्र सहायता स्वीकार्ने बताएको हो ।

artha manयस्तै सरकारले दाताहरुको सोचमा नै परिवर्तन ल्याउने उद्धेश्यले सरकारले बैदेशिक भाषामा समेत परिवर्तन गरी दातालाई अव विकास साझेदार भनिने पनि जनाएको छ । सो कायक्रममा अर्थमन्त्री डा. रामशरण महतले विकास सहायतालाई प्रभावकारी बनाई जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्न विकास सहायता नीति आवश्यक भएको बताए ।

अर्थमन्त्री डा.महतले अर्थतन्त्रलाई सहायतामा आधारितभन्दा पनि आफ्नै साधान र स्रोतमा आधारित बनाउँदै लैजान बताउँदै राष्ट्रिय प्राथमिकता र प्रणालीसँग दाताहरुको आबद्धता भएको सन्देश तल्लो तहसम्म पु¥याएर सार्वजनिक वित्तीय व्यवस्थापनमा सुधार ल्याउनुपर्ने समेत बताए । उनले प्रतिपरियोजना वा कार्यक्रमका लागि दुई करोड अमेरिकी डलरभन्दा घटी ऋण उपयोग नगर्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ