वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिभिक डेभलपमेन्ट बैंकको हकप्रद सेयर खुल्दै

अर्थटुडे
२०७१ असार १३, शुक्रबार

काठमाडौं । सिभिक डेभलपमेण्ट बैंकले ४:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार हकप्रद सेयर जारी गर्न बैंकलाई स्विकृती दिएको छ ।

हाल ४ करोड पुँजी रहेको बैंकको उक्त सेयर वितरणपछि चुक्ता पुँजी ५ करोड पुग्नेछ । हकप्रद सेयरका लागि नेपाल राष्ट्र बैंकले स्विृती दिनुका साथै बैंकको साधारणसभाले समेत पारित गरिसकेको छ ।  छिट्टै उक्त सेयर जारी गर्ने जनाएको छ ।

civic
बैंकको असार  ११  गतेसम्ममा ३६ करोड निक्षेप संकलन र ३२ करोड कर्जा प्रवाह गरी १ करोड १७ लाख संचालन मुनाफा गरेको बताएको छ । त्यसैगरी “लघुवित्त स्वरोजगारको लागि, स्वरोजगार गरीवी निवारणको लागि” भन्ने नाराको साथ लघुवित्त कार्यक्रम सञ्चालन मार्फत ११५० भन्दा बढी ग्रामीण विपन्न महिलाहरुलाई बिना धितो कर्जा प्रबाह गरेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ