वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गाउँमा कृषिलाई उन्नत र क्रियाशिल बनाउन सहकारी उपयुक्त माध्यम: गभर्नर डा.खतिवडा

अर्थटुडे
२०७१ असार १४, शनिबार

झापा । गर्भनर डा.युवराज खतिवडाले गाउँमा कृषिलाई उन्नत र क्रियाशिल बनाउन सहकारी उपयुक्त माध्यम बताएका छन् । साना किसान कृषि सहकारी संस्थाहरु क्रमशः सतासीधाम र लखनपुरको व्यवस्थापन स्थानीय साना किसानहरुलाई हस्तान्तरण कार्यक्रममा बोल्दै गभर्नर डा.खतिवाडाले लघुकर्जा र साना किसान विकास बैंकले सञ्चालन गरेको कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा सवल र निर्णयमा पहुँच बढाउन सहयोग पुर्याएको बताए ।

dr yuba
उनले कृषिप्रति जनताको मोह घट्दै जानु, युवाहरु पलायन हुनु र यसले गम्भिर आर्थिक समस्याहरु उत्पन्न हुँदै जानुले देशमा आर्थिक अनिष्ठको संकेत गर्दै गएको समेत दावी गरे । सामाजिक रुपान्तरण र आर्थिक रुपान्तरण सँगसँगै जाने कुरा भएकोले महिलाहरुको समविकासबाट मात्र विकासको शुरुवात हुन सक्छ उनले भने—महिलाहरुलाई आर्थिकरुपले सवल बनाउन मैले साना किसान विकास बैंकलाई सल्लाह दिएको छु ।
उनले सहकारी संस्थाले कृषि प्रविधिको विकास र व्यावसायिकरणमा आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने पनि बताए । साना किसान विकास बैंकका कार्यकारी अधिकृत जलनकुमार शर्माले बैंकको प्राविधिक र वित्तीय सहयोगमा छिमेकी गाविसमा रहेका साना किसान सहकारी संस्थाहरुबाट प्रवर्धन गरिएका यी साना किसान सहकारी संस्थाहरु समेत साना किसान सहकारी संस्थाहरुको संख्या ३६५ पुगेको बताए ।

बैंकका अध्यक्ष खेम पाठकले यी संस्थाहरु मार्फत विपन्न तथा साना किसानहरुले पुँजी, सीप, प्रविधि र बजारसम्म सहज पहुँच पुगी उनीहरुको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए । बैंकले बिपन्न तथा साना किसानहरुलाई पैसा बाँडेर अपांग बनाउन होईन सीप र पुँजी दिएर उद्यमी बनाउन एवं महिलाहरुको सशक्तिकरण, सहभागिता र स्वामित्व स्थापना गराउनमा मद्दत गर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ