वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गरिव भएकै कारण प्रेमिकाले छोडिन्, ४० हजार डलर खर्चेर प्रेमिले दिए जवाफ

अर्थटुडे
२०७१ असार १४, शनिबार

काठमाडौँ । चिनमा आफ्नी प्रेमीकालाई देखाउनकै लागि बैंग नामका एक व्यक्तिले ४० हजार डलर खर्चेर ४ वटा सिनेमा घरको पूरै सो बुक गरेका छन् ।

artha sansar1 उनले आफू गरिव भएकै कारण पे्रमीकाले सात वर्षअघि आफूलाई छाडेको र उनलाई गलत भएको प्रमाणित गर्नका लागि सो सिनेमाको सारा सो को टिकटछ बुक गरेका हुन् ।
उनले शुक्रबार रिलीज भएको ट्रान्सफोर्मर्स सिरिजको फिल्मको सो बुक गरेको बताइएको छ । ति व्यक्तिले चिनको माइक्रो व्लगिंग साइटमा एक म्यासेज पोष्ट गरेका गर्दै आफ्नी पे्रमिका गलत भएको बताएका छन् ।
सो म्यासेजमा उनले आफ्नी पूर्व प्रेमीलाई सम्बोधन गर्दै भनेका छन्—“सन् २००७ मा म यति गरिव थिएकी कलेजको चौथो वर्षमा मेरो साथमा फिल्मका दुइवटा टिकट खरिद गर्नका लागि समेत पैसा थिएन । त्यतिवेला तिमीले मलाई तिमी सधै यस्तै गरिव हुन्छौ भनेर छोडेकी थियौ । ”

उनले अगाडी भनेका छन् “म पछिल्लो सात सालदेखि मेहनत गरिरहेको छु, आज मैले आफूले कमाएको प्रत्येक महिनाको आधा तलव सो सिनेमाको टिकट बुक गर्नमा खर्च गरेको छु । म अहिले यही भन्छु शायद त्यो समय तिम्रो निर्णय गलत थियो । ” उनले प्रमाणको लागि ४० हजार डलरको विल प्रिन्ट गरेर पोष्ट समेत गएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ