वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पहिलोपटक निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपुर्ति गर्न दिइने, कृतिम अभाव सिर्जना गर्नेलाई हदैसम्मको कारबाही

अर्थटुडे
२०७१ असार १५, आईतवार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, ग्याँस चिनि नुन लगायत दैनिक उपभोग्य बस्तुमा कृतिम अभाव सिर्जना गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताएको छ ।
आइतबार सरकारको आगामी वर्षको नीति तथा कर्यक्रम संसदमा प्रस्तुत गर्दै राष्ट्रपति डा.रामबरण यादवले दुर्गम हिमाली क्षेत्रमा दिइदै आएको खाद्यन्न ढुवानी अनुदान समायानुकुल बढाउँदै लैजाने र स्थानीय कृषि उपार्जनको प्रबद्र्धन गर्नका लागि विषेष कार्यक्रम ल्याइने समेत बताए ।

सरकारको नीति तथा कार्यक्रममा पेट्रोलियम पदार्थको सहज आपुर्तिका लागि संसदीय छानवीन समितिले दिएको सुझावलाई कार्यान्वयन गरिने छ भने पेट्रोलियम पदार्थको आपुर्तिमा निजी क्षेत्रलाई पनि सहभागी गराइने छ । रक्सौल अमलेखगन्जको पेट्रोलियम पाइप लाइन निर्माण कार्य अगाडी बढाइने छ, पेट्रोलियम पदार्थमा इथानोल मिसाइने तरिका अवलम्वन गरिने छ र देशभित्र पेट्रोलियम पदार्थको खोजी नयाँ शिराबाट सुरु गरिने छ नीति तथा कार्यक्रममा भनिएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ