वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लक्ष्मी लघुवित्तको सेयरमा ८६ गुणा आवेदन 

अर्थटुडे
२०७१ असार १५, आईतवार

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारण सेयरमा ८६ गुणा भन्दा बढी आवेदन परेको छ । कम्पनीले तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयरको जारी गरेकोमा २ अर्व ५७ करोड ६० लाख बराबरको सेयका लागि करिब ४३ हजार सर्वसाधारणको आवेदन परेको बताइएको छ ।

laxmi logoकम्पनीले उक्त सेयरमध्ये १५ हजार कित्ता सामुहिक लगानी कोष र ९ हजार कित्ता कर्मचारीलाई आरक्षण गरिएको छ । बाकी रहेको २ लाख ७६ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गरेका छन् ।

मंगलबारदेखि शुक्रबारसम्म बिक्री खुल्ला भएको कम्पनीको सेयर निष्कासन तथा विक्री प्रवन्धकको काम नविल क्यापिटलले गरेको थियो । उक्त सेयरका लागि नविल क्यापिटल, लक्ष्मी बैंकका शाखा लगायत विभिन्न ३४ संकलन केन्द्रबाट आवेदन दिने व्यवस्था रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ