वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘सरकार–सहकारी हाम्रो साझेदारी’ भन्ने आकर्षक नाराका साथ कृषिको उत्पादकत्व बढाइने

अर्थटुडे
२०७१ असार १५, आईतवार

काठमाडौं । सरकारले कृषि क्षेत्रको उत्पादकत्व वृद्वीका लागि सहकारी व्यवसाय प्रवद्र्वन गर्नुपर्ने बताएको छ । ‘सरकार–सहकारी हाम्रो साझेदारी’ भन्ने आकर्षक नाराका साथ सहकारी व्यवसाय मार्फत कृषि क्षेत्रको उत्पादकत्व बृद्धि गर्ने सरकारको नीति रहेको छ ।

artha sansar1
आईतबार व्यवस्थापिका संसदको बैठकमा राष्ट्रपति डा.रामवरण यादवले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा कृषिजन्य सहकारी प्रशोधन उद्योग संचालनका लागि पनि विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
यस कार्यक्रम अन्र्तगत कृषि, पशुपालन, कृषिजन्य प्रसोधन उद्योगहरुको स्थापना र संचालनका लागि तोकिएका सहकारी मार्फत सहुलियत ऋण उपलब्ध गराईनेछ । महिला, अपाङ विपन्न एवं दलितहरुले संचालन गरेको र ग्रामीण क्षेत्रका सहकारीका लागि यस्तो सुविधामा प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसअघि एमालेको सरकारले ‘गाउँ गाउँमा सहकारी, घर घरमा रोजगारी’ नारा अघि सारेको थियो । त्यसैगरी त्यसपछि माओवादीको सरकारले पनि नीति तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिदै ‘गाउँ गाउँमा सहकारी, घर घरमा भकारी’ नारा अघि सारेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ