वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारतमा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि, नेपालमा पनि  बढ्ने सम्भावना

अर्थटुडे
२०७१ असार १६, सोमबार

नयाँदिल्ली  । इराकमा भएको द्धन्द्धका कारण अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि भारत सरकारले पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । सोमबार रातिदेखि लागु हुने गरी भारत सरकारले पेट्रोलमा प्रतिलिटर १. रुपैयाँ ६९ पैसा र डिजेलमा प्रति लिटर ५० पैसा बढाएको हो ।

artha sansar1भारतसरकारले पेट्रोलियम पदार्थमा अन्य सहरमा एक भाउ र दिल्लीमा अर्कै भाउ गरेको छ । दिल्लीमा पेट्रोलको भाउमा २ रुपैयाँ २ पैसा बढाएर ७३ रुपैयाँ ५८ पैसा प्रतिलिटर बनाएको छ । दिल्लीमा सोमबारसम्म ७१ रुपैयाँ ५६ पैसामा कारोबार भएको थियो ।
त्यसैगरी डिजेलमा ५६ पैसा बढाएर ५७ रुपैयाँ ८४ पैसा प्रतिलिटर पुर्याएको छ । अन्तराष्ट्रिय बजारमा प्रति व्यारेल ४ अमेरीकी डलरले मुल्य बृद्धि भएको भन्दै भारतले पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।
भारतमा पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भएसँगै नेपालमा पनि त्यसको असर पर्ने अर्थविद्हरुको भनाइ रहेको छ ।

भारतसँग नेपालको मुल्य स्थिर भएको र भारतबाट नै नेपालमा पेट्रोलियम पदार्थको आयात हुने भएकोले नेपालमा पनि मुल्य बृद्धि हुने सम्भावना रहेको उनीहरुको भनाइ छ । तेलको कारोबार गर्ने कम्पनीहरुले डिजेलमा प्रति लिटर ४ रुपैयाँ ४० पैसा घाटा व्याहोदै आएको इन्डियन आयल निगमले जनाइको छ ।
इन्डिन आयल निगमका अनुसार सो कर्पोरेसन सहित भारत पेट्रोलियम र हिन्दुस्तान पेट्रोलियमले यो वर्षमात्र १ लाख ७८ हजार ५० करोड राजस्व गुमाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ