वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुर्तीमा प्रगतिशील करको माग गर्दै सिडियो मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र

अर्थटुडे
२०७१ जेष्ठ १८, आईतवार

भक्तपुर । सुर्तीजन्य वस्तुमा अत्यधिक कर वृद्धिको मागसहित स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल भक्तपुरले प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र वुझाइएको छ । भक्तपुरका विभिन्न राजनैतिक दल, सामाजिक संघसंस्थाका युवा तथा विभिन्न विद्यार्थीहरुको हस्ताक्षरसहित सुर्तीमा प्रगतिशील करको माग गरी ज्ञापन पत्र बुझाएको हो ।
सो अवसरमा स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जालका संयोजक रत्नश्वरी चवालले आगामी आर्थिक वर्ष २०७१ ७२ को बजेटमा सूर्तीजन्य वस्तुमा कम्तीमा १५ प्रतिशत कर वृद्धी गर्नु पर्ने माग गरेका थिए ।
ब्यवस्थापिका संसदले पारित गरेको सूर्ती नियन्त्रण तथा नियमन ऐन र नियमावलीले करमा प्रगतिशील कर लागू गर्नुपर्ने व्यवस्था गरिसक्दा पनि अर्थमन्त्रालयले हचुवाका भरमा कर लागू गरिरहेकाले कर वृद्धिको माग गर्नुृ परेको उनले बताए ।

ज्ञापन पत्र वुझाउँदै सञ्जाल अध्यक्ष चवालले जिल्लाका विभिन्न ठाउँलाई धूम्रपान निषेधित क्षेत्र, सूर्तीजन्य वस्तुको किनवेच गर्न नपाईने क्षेत्र घोषणा गरिएपनि त्यसको कार्यान्वयन नभएको प्रति प्रजिअको ध्यानआकर्षण गराउँदै तत्काले अनुगमन गर्न पनि माग गरे ।

सुर्तीमा कर वृद्धि गर्दा सुर्तीको मुल्य वृद्धि हुन गइ सेवनकर्ता निरुत्साहित हुने र सरकारलाई पनि राजश्व वढ्ने तर्क ज्ञापनपत्रमा गरिएको छ । विभिन्न मुलुकमा कर वृद्धि गर्दा सुती सेवनमा कमी आएको र राज्यका जनता स्वस्थ भइ सरकारको स्वास्थ्य बजेट पनि कम भएको उदाहरण सञ्जालका सदस्यहरुले दिएका थिए ।

सञ्जाल सदस्य तथा अधिवक्ता रामभक्त सुवालले उठेको कर सुर्तीबाट हुने रोगीको उपचारमा खर्चिनुपर्ने र सार्वजनिक स्थलमा सुर्ती सेवन गर्नेलाई कानुनबमोजिम जरिवाना लगाउनुपर्ने माग अगाडि सारेका थिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ अनिल कुमार ठाकुरले सूर्तीजन्य वस्तु लाई नियन्त्रण र नियमन गर्न प्रशासनले प्रयास गर्ने र कार्वाहीका लागि प्रहरी परिचालन गर्ने समेत आश्वासन दिएका थिए । उनले भक्तपुरको प्रमुख पर्यटकिय गन्तब्य क्षेत्रलाई पूर्ण रुपमा धुमपान र सूर्तीपान निषेधित क्षेत्र बनाउन प्रशासन कार्यालय जुटी रहेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ