वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घाईते पत्रकारका लागि सेजनको उपचार कोष

अर्थटुडे
२०७१ श्रावण १३, मंगलवार

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सडक दुर्घटनामा परी घाइते भएका पत्रकारद्धय किरण अधिकारी र मोदनाथ ढकालको उपचारार्थ कोष खडा गरेको छ । कोषमा सहयोग गर्न इच्छुक व्यक्तिहरुले नेपाल बंगलादेश (एनबी) बैंकको बिजुलीबजारस्थित मुख्य शाखामा खाता नम्बर ००५००५१५७०४१पी मा वा अनामनगरस्थित सेजन सचिवालयमा सहयोग उपलब्ध गराउन सकिने सेजनले जनाएको छ ।

सेजनले हाल उक्त कोषमा ३५ हजार रुपैंया जम्मा गरिसकेको सेजनका अध्यक्ष विज्ञान अधिकारीले जानकारी दिए ।

पत्रकारद्धय शनिबार नगरकोटबाट फर्कदै गर्दा भएको सडक दुर्घटनामा घाईते भएका थिए । उनीहरुको वि एण्ड वि अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ