वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ह्योल्मो समाजका अध्यक्ष निष्कासित

अर्थटुडे
२०७१ भाद्र २०, शुक्रबार

काठमाडौं । नेपाल ह्योल्मो समाज सेवा सङ्घले अध्यक्ष छावागिर्मी लामा ह्योल्मोलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको जनाएको छ । सङ्घका पदाधिकारी बिना नै एकलौटी रुपमा संस्था नै झोलामा बोकेर जथाभावी निर्णय गरेर सङ्घको बदनाम गरेकोले सङ्घको प्रथम राष्ट्रिय भेलाले उनलाई सङ्घले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।3

सङ्घका कार्यबाहक अध्यक्ष किन्जो ओमुह्योल्मोले अध्यक्ष लामा ह्योल्मोले व्यक्तिगत स्वार्थका कारण ह्योल्मोसँग साँठगाँठ गरी हालको कार्यसमितिलाई निष्कृय तुल्याउन चितवनमा छुट्टै महाधिवेशन गरेको र आफूहरुले आयोजना गरेको राष्ट्रिय भेलालाई अस्वीकार गरेकाले निष्काशित गरिएको बताइन् । उनले आफ्नो कार्यसमिति सम्पूर्णरुपमा वैधानिक रहेको जिकीर गरिन् ।

यसअघि अध्यक्षले मनोमानी ढङ्गले संस्थालाई बद्नाम गराउने उद्देश्यले सङ्घकै नाममा अलग्गै संस्था चलाएको भन्दै सङ्घले सर्वोच्च अदालतमा उजुरी दिएपछि विसं २०६७ मा सर्वोच्च अदालतले पहिलेकै समितिले कामकारबाही गर्नू भनेर आदेश दिएको थियो ।

विसं २०४७ मा ह्योल्मो जातिको जातीय पहिचान र उनीहरुलाई सामाजिक, धार्मिक, आर्थिक तथा राजनीतिकरुपमा सवल एवम् सक्षम बनाउने उद्देश्यले सङ्घ स्थापना भएको थियो । नेपाल आदिवासी जनजातिको नाममा नेपाल सरकारबाट ५९औं अनुसूचीमा सूचीकृत ह्योल्मो जाति अझै पनि जातिय पहिचानका लागि सङ्घर्षरत छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ