वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मोदीको भ्रमणका वेला नाकाहरु बन्द हुने, लुम्बिनी सजावटका लागि मात्र डेढ करोड

अर्थटुडे
२०७१ मंसिर ६, शनिबार

बुटवल । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका निम्ति तीनवटा जिल्लाका नाका बन्द गरिने भएको छ । १८ औ सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने क्रममा बुद्ध जन्मस्थल लुम्बिनी आउन लागेका प्रधानमन्त्री मोदीको सुरक्षाका लागि ति जिल्लाका नाका बन्द गर्न लागिएको हो ।narendra modi

मोदी भ्रमणको बेला सुरक्षालाई मध्यनजर राख्दै भारतीय सीमाबाट आवागमनसमेत बन्द गर्ने रुपन्देहीका प्रमूख जिल्ला अधिकारी बालकृष्ण पन्थीले राससका बुटवल समाचारदाता भरत केसीसँगको कुराकानीमा बताए । रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका नाका बन्द हुनेछन् ।

मोदीको भ्रमणहुनुभन्दा ८ घण्टा अगाडी सिमा बन्द गर्न नेपाल भारत सुरक्षा बैठकमा सहमति भएको हो । यस क्षेत्रमा प्रशासनले सवारीसाधन, मन्दिर, मस्जिद, गुम्बा पनि विशेष सुरक्षाको घेरामा राखेको छ। प्रहरीले यस क्षेत्रको मुख्य नाकाहरु कुकुरको सहयोगमा सुरक्षालाई कडा बनाएको छ ।

लुम्बिनीमा श्रीलङ्काका राष्ट्रपति महिन्द राजपक्ष मङ्सिर ९ गते र भारतीय प्रधानमन्त्री मोदी मङ्सिर १२ गते आउने तयारी छ। सरकारले मङ्सिर १२ गते हुने भारतीय प्रधानमन्त्रीको स्वागतका लागि ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई र श्रीलङ्काका राष्ट्रपतिको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाई जिम्मेवारी दिएको छ। lumbiniविशिष्ट पाहुनाको स्वागतका लागि यस क्षेत्रका रुपन्देही, कपिलवस्तु र नवलपरासीका सभासद्, पूर्वसभासद्, विभिन्न दलका प्रमुख, सङ्घसंस्थाका विशिष्ट व्यक्ति, सरकारी कार्यालयका प्रमख र सञ्चारकर्मीसमेत रहेको नागरिक अभिनन्दन तथा स्वागत समिति बनाइएको छ।

राजपक्ष र मोदीको भ्रमणको सुरक्षाका लागि विशिष्ट किसिमको एकीकृत सुरक्षा योजना बनाइएको अञ्चल प्रहरीप्रमुख गणेश केसीले जानकारी दिए। अहिलेदेखि नै भारतीय र नेपाली सुरक्षाकर्मीबीच सुरक्षाको छलफलसमेत भइरहेको छ।

लुम्बिनीमा विशिष्ट पाहुनाको हेलिकोप्टर अवतरण गर्न सुरक्षा निकायको अनुरोधमा तीन हेलिप्याड निर्माण गरिएका छन्। हेलिप्याडबाट मायादेवी मन्दिरसम्म पुग्ने सडक मर्मत गरिएको छ । लुम्बिनीलाई आकर्षक बनाउनाका लागि करिब डेढ करोड खर्चिएको छ।     राससका समाचारदाताको सहयोगमा

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ