वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

केसीको सहयोगार्थ सिभिलले दियो ७२ हजार

अर्थटुडे
२०७१ जेष्ठ २९, बिहीबार

काठमाडौँ । सिभिल मलको सहयोगमा सामाजिक सँस्था कोसिस नेपालले अर्घाखाँचीका कमल के.सी.को सहयोगार्थ भक्तपुर क्यान्सर अस्पताललाई रु ७२ हजार २४० रुपैयाँ हस्तान्तरण गरेको छ ।

आर्थिक सहयोग गर्ने उदेश्यले स्थापित कोसिस नेपालले सो सहयोग रकम जुटाउनका लागि सिभिल मलमा शेभ टु सेभ नामक कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा ८४ जना स्वयंसेवकहरुले रोगको उपचारक्रममा पिडितहरुले व्यहोर्नुपर्ने अवस्थाप्रति ऐक्यबद्धता प्रकट गर्दै केश मुण्डन गरेका थिए भने सिभिल मलले सँस्थाको कोषमा प्रति स्वयंसेवक रु १५०० प्रदान गरेको थियो ।

३ वर्ष अघि १६ वर्षको उमेरमा क्यान्सर (होजकिंग लिम्फोमा) लागेको पत्ता लागेपछि रोगसँग संघर्षरत के.सी. नेपाल सरकार र कोसिस नेपालको सहयोगमा उपचाररत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ