वि.सं. २०८१ श्रावण ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विद्यार्थीलाई फूल दिने होइन, फूल रोप्न सिकाउँ:उपकुलपति प्रा.डा.भट्टराई

अर्थटुडे
२०७१ जेष्ठ ३१, शनिबार

काठमाडौं । पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.खगेन्द्रप्रसाद भट्टराईले नेपालको शिक्षा प्रणालीमा देशलाई आवश्यक र व्यवहारिक जनशक्ति उत्पादन गर्नसक्नेगरी सुधार गर्नुपर्नेमा जोड दिएका छन् । “राष्ट्रलाई कस्तो जनशक्ति चाहिन्छ र देशको विकासका लागि कस्तो शिक्षा प्रणालीको खाँचो छ भन्ने बारेमा अब नयाँ नीति निर्माण गर्न ढिला गर्नुहुँदैन ।” उनले भने ।

_MG_0287
उपकुलपति प्रा डा भट्टराईले युनिभर्सल केलज मैतीदेवीद्वारा शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीलाई फूल नै दिने नभई फूल रोप्न सिकाउने गरी शिक्षण विधि अपनाउन सुझाव दिए ।

कलेजका पूर्व अध्यक्ष समेत रहनुभएका प्रा.डा. भट्टराईले पश्चिमाहरुको तुलनामा हामी शिक्षाको विकासमा भर्खरै अघि बढेका छौं भन्दै हाम्रो देशको विकासका लागि हाम्रै परिवेशमा तयार गरिएको पाठ्यक्रम र शिक्षण विधि आवश्यक रहेको बताए । “हामी कृषि प्रधान देश हौँ तरपनि वर्षमा कम्तीमा पनि ९ अर्बको त चामल मात्र आयात गर्छौं भने हाम्रो शिक्षा नीतिले देशलाई के दिन सकेको छ र अबको शिक्षा कस्तो हुनुपर्छ भनेर हामी किन नसोच्ने ?” उनले भने ।
युनिभर्सल कलेजका प्रिन्सिपल डा शिवदत्त ज्ञवालीले शिक्षा क्षेत्रमा सरकारले अरबौँ लगानी गर्दापनि एसएलसीको पास प्रतिशत बढाउन नसक्नुबाट पनि सरकारको शिक्षा नीतिको असफलता देखिन्छ भन्दै विद्यार्थीलाई उच्च शिक्षाका लागि राम्रो विषय र कलेज छान्न  आग्रह गरे ।

सो कलेजका संस्थापक निर्देशक भरतराज गिरीले देशमा शिक्षाको विकास नभई देशको विकास हुनसक्दैन भन्ने वास्तविकतालाई बुझेर सरकारले काम गर्न नसकेको बताउदै देशमा निजी क्षेत्रले शिक्षाको क्षेत्रमा ठूलो योगदान पु¥याएको बताए ।
उक्त कार्यक्रममा यसवर्ष एसएलसी परीक्षा दिएका विद्यार्थीहरुको सहभागिता थियो । एक हजारभन्दा बढीको सङ्ख्यामा उपस्थित ती विद्यार्थीलाई उनले राम्रो विषय र कलेज छान्न तथा व्यवहारिक शिक्षण विधिका लागि आ आफ्नो शिक्षकहरुलाई आग्रह गर्न सुझाव दिएका थिए ।

सो अवसरमा कलेजका प्रतिभाशाली विद्यार्थीहरुले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमका साथै विज्ञान तथा व्यवस्थापन विषयका प्रदर्शनीहरु पनि कार्यक्रमस्थल प्रज्ञा भवनमा राखिएको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ