वि.सं. २०८१ श्रावण १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमेका प्रबन्ध सञ्चालक घिसिङ भन्छन्—गतिविधिमा मेरो संलग्नता छैन

अर्थटुडे
२०७१ श्रावण ८, बिहीबार

जलविद्युतको विकास गरी आर्थिक क्रान्ति गर्ने मोडेलको रुपमा स्थापित चिलिमे जलविद्युत कम्पनीलाई आजको उचाइमा पु¥याउन म लगायत आयोजनाहरु सञ्चालनमा प्रत्यक्ष संलग्न सहकर्मी साथीहरुको ठूलो त्याग र तपश्या रहेको व्यहोरा श्मरण गराउन चाहन्छु ।

प्रवन्ध संचालक कुलमान घिसिङ

प्रवन्ध संचालक कुलमान घिसिङ

चिलिमे कम्पनीको रसुवाली जनतालाई दिईएको १० प्रतिशत शेयरले उनीहरुको सम्बृद्धिको ढोका खोलिदिएको छ । मैले चिलिमे हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हाले पश्चात चिलिमे जलविद्युत कम्पनीको मुख्य लगानीमा सहायक कम्पनी मार्फत हाल निर्माण भइरहेका १०२ मेगावाटको मध्य भोटेकोशी, १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो साञ्जेन र ४२.५ मेगावाटको साञ्जेन गरी कुल २७० मेगावाटका ४ वटा जलविद्युत आयोजनाहरु निर्माणमा देखिएको समस्याका विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

विभिन्न माध्यम मार्फत हाल भईरहेको गतिविधिहरुमा मेरो संलग्नता रहेको भन्ने समाचार प्रति पनि मेरो ध्यानकर्षण भएको छ । स्थानीय समुदायले स्वस्फूर्त रुपमा गरेको यसखाले गतिविधिमा मेरो संलग्नता छ भन्ने विषय निराधार र कपोलकल्पित रहेको व्यहोरा सम्बन्धित सबै सरोकारवालाहरुमा अनुरोध गर्दै निर्माणाधिन आयोजनाहरुलाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्ने तर्फ सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गर्दछु ।

सबै आयोजनाहरु समयमै सम्पन्न गर्न÷गराउन म चिलिमे जलविद्युत कम्पनीमा रहे वा नरहेपनि मेरो पूर्ण सहयोग र समर्थन रहने प्रतिबद्धता पनि यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु ।
कुलमान घिसिङ

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ